स्वास्थ्य मन्त्रालयले जारी गर्यो आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका, सामान्य विरामी घरमै राखिने (पूर्णपाठ)

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरेको छ। मंगलवार स्वीकृत भएको निर्देशिकामा सामान्य अवस्थाका विरामीलाई घरमै राखेर उपचार गरिने उल्लेख छ ।

निर्देशिकामा संक्रमितको अवस्था सामान्य रहेको छ र घरमै बस्न सक्ने सम्भव छ भने प्रक्रिया पुरा गरी घरमै पठाउने र सम्भव नभएमात्रै अस्पतालको आइसोलेसनमा राख्ने उल्लेख छ ।

‘हालसम्म कोभिड १९ को महामारी भोगिरहेका अन्य देशहरुको अनुभवबाट पाठ सिक्दै उपलब्ध अस्पतालको सीमित क्षमतालाई समेत मध्यनजर गर्दै लक्षण तथा चिन्हहरु नभएका र सामान्य लक्षण तथा चिन्हहरु भएका केशहरुको घरमै राखि समेत व्यवस्थापन गर्न सकिनेछ ’, निर्देशिकामा भनिएको छ । तर यसका लागि घरमा मापदण्ड पूरा गर्नसक्ने सुनिश्चितता भने हुनुपर्छ ।

घरमा आइसोलेसन बस्नेहरुले हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठामा राख्ने व्यवस्था मिलाउनु पर्नेछ भने उपचार अवधिभर बाहिर निस्कन पाइने छैन । आवश्यक पर्ने सामग्रीहरु पनि परिवारका सदस्यमार्फत मगाउनु पर्छ ।

यस्तै खानपानमा विशेष सावधानी अपनाउने, प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपले सफा गर्नुपर्ने, स्नानघरको छुट्टै व्यवस्थापन गर्ने नियम पालना गर्नुपर्नेछ ।

यस्तै दैनिक ज्वरो नाप्ने, स्वास्थ्यकर्मीलाई नियमित अपडेट गराउनेलगायतका विषयमा पनि होम आइसोलेशन बस्नेहरुले मञ्जुरीनामा गर्नुपर्नेछ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/06/Dead-Body-Management-Protocol-Final-Revised-2077-02-20.pdf”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?