नेपालमा कोरोना अपडेट: आजै थपिए २०१ संक्रमित, कस्तो छ परीक्षणको अवस्था ?

काठमाडौं । नेपालमा बुधवार थप २ सय १ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १८९ जना पुरुष र २२ जना महिला रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणका क्रममा १ जनामा कोरोना पोजेटिभ आएको छ । धनकुटा सहिभूमी गाउँपालिकाका १ जना २७ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

धरानको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा महोत्तरी त्रिहुटका १ जना ४० वर्षीय पुरुष, ताप्लेजुङ शान्ति गाउँपालिकाका ३ जना १८ देखि ४० वर्ष उमेरका पुरुषहरुमा कोरोना पोजेटिभ आएको छ ।

त्यस्तै झापाको बुद्ध शान्ति गाउँपालिकाका ३० वर्षीय पुरुष, पाँचथरको हिलेहाँङ गाउँपालिकाका २० वर्षीय पुरुष, सुनसरी भोकाहाङ गाउँपालिकाका ७ जना १८ देखि २६ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नारायणी अस्पतालमा गरिएको परीक्षणका क्रममा ७ जनाको कोरोना पोजेटिभ आएको छ ।
कोरोना पुष्टि हुनेमा पर्साको विन्दवासिनी, कालिकामाई र सखुवा पसौनीको क्वारेन्टाइनमा रहेका १६ देखि ४९ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

त्यस्तै सुर्खेतमा गरिएको परीक्षणमा ३ जनाको कोरोना पोजेटिभ आएको छ । उनीहरुमध्ये दैलेख नौमुलेका २४ वर्षीय पुरुष, सल्यान कुमा गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २४ वर्षीय पुरुषहरु रहेका छन् ।

त्यस्तै कोसी अस्पतालमा गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ रंगेली नगरपालिकाको क्वारेन्टाइनमा रहेका २६ र ३६ वर्षीय पुरुषहरु, झापाको कमाल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १८ वर्षीय पुरुष, तेह्रथुमको आठराइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेकी २० वर्षीया महिलामा पनि कोरोना संक्रमण देखिएको छ । त्यसैगरी सुनसरी बराहक्षेत्रको एक १९ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको छ ।

उनीहरु कैलाली गौरीगंगा गाउँपालिका र धनगढी उपमहानगरपालिकाका ३ जना २० देखि ५१ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यसैगरी डोटीका २ जना २२ र २५ वर्षीय पुरुषहरुमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै रुपन्देहीमा गरिएको परीक्षणका क्रममा ९५ जनामा कोरोना पुष्टि भएको छ । त्यसमध्ये कपिलवस्तुका ६७ जना मायादेवी र सुद्धोधन गाउँपालिकाका रहेका छन् । उनीहरु ११ देखि ३७ वर्ष उमेरका १० जना महिला र १ वर्षीय बालकदेखि ८० वर्ष उमेर समुहका अन्य ५७ जना पुरुषहरु रहेका छन् । त्यस्तै पाल्पाका २ जना २८ वर्षीया महिला र २३ वर्षीय पुरुष रहेका छन् । त्यसैगरी रुपन्देहीकै बौद्ध विश्वविद्यालयमा रहेका २६ जनामा कोरोना पुष्टि भएको छ । उनीहरुमध्ये ४० वर्षका महिला र १३ वर्षका बालकदेखि ५४ वर्ष उमेर समुहका अन्य पुरुषहरु रहेका छन् ।

त्यस्तै प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । सबै महोत्तरी मटिहानीका ४० वर्षीया महिला र १५ देखि ३६ वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना पुष्टि भएको छ ।
उनीहरु दैलेख दुल्लु र नारायणपुर नगरपालिकाका ६ जना १७ देखि ३० वर्षीय पुरुषहरु रहेका छन् । त्यस्तै अन्य कालिकोटका ७ जना कालिकोटका रहेका छन् । २० वर्षीया युवती र ४ वर्षीय बालकदेखि ४२ वर्ष उमेर समुहका अन्य पुरुषहरु रहेका छन् ।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै त्यही गरिएको परीक्षणका क्रममा ८ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु बग्लाचुली र राजपुर गाउँपालिकाका ५ जना रहेका छन् । जसमध्ये ९ वर्षीया बालिका र २७ वर्षीया महिला तथा अन्य १७ देखि २२ वर्ष उमेरका ३ जना पुरुषहरु रहेका छन् । त्यस्तै प्युठान मन्दावीका २ जनामा कोरोना पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये धनुषाका १ जना ३८ वर्षीय पुरुष, कपिलवस्तु वडरीको क्वारेन्टाइनमा रहेका २ जना ३४ र ३९ वर्षीय पुरुषहरुमा कोरोना पोजेटिभ देखिएको छ । त्यसैगरी काठमाडौंमा ३ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु काठमाडौं मेडिकल कलेज र टोखाका २१ देखि २७ वर्षीया महिलाहरु रहेका छन् ।

त्यस्तै नवलपरासीको पगलिबन्धन र बर्दघाटको क्वारेन्टाइनमा रहेका ८ जना १७ देखि ३४ वर्ष उमेर समुहका पुरुषहरुमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै रौतहटका ११ जनामा कोरोना पुष्टि भएको छ । २७ वर्षीया महिला र अन्य २२ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै रुपन्देही मायादेवीका १ जना २२ वर्षीय पुरुषमा पनि बुधवार कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी सर्लाही श्री रामविलास प्रावि र जनता मावि हरकटवाको क्वारेन्टाइनमा रहेका १५ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १ जना ११ वर्षीया बालिका र अन्य १६ देखि ४० वर्ष उमेर समुहका पुरुषहरु रहेका छन् । त्यस्तै सिन्धुपाल्चोक इन्द्रावतीका १ जना २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कति भयो परीक्षण ?

मन्त्रालयका अनुसार बुधबारसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडिटी विधिबाट १ लाख २० हजार ३ सय ७९ वटा परीक्षण भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडिटी विधिबाट ४ हजार ३४ वटा परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।

यस्तै प्रदेश नम्बर १ मा १२ हजार ६ सय ४२, प्रदेश नम्बर २ मा ७ हजार ३ सय ३१, बागमती प्रदेशमा २५ हजार ९ सय ३३ र गण्डकी प्रदेशमा ९ हजार १ सय ५१ वटा आरडिटी परीक्षण भएका छन् । त्यसैगरी प्रदेश नम्बर ५ मा २६ हजार ७ सय ४४, कर्णाली प्रदेशमा १४ हजार ८ सय ४५ र सुदूरपश्चिम प्रदेशमा २३ हजार ७ सय ३३ वटा आरडिटी परीक्षण भएका छन् ।

अहिले प्रदेश नम्बर १ मा ३ हजार ८ सय, प्रदेश नम्बर २ मा २२ हजार ७ सय २, बागमती प्रदेशमा ३ हजार २ सय २७ र गण्डकी प्रदेशमा ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ४१ हजार ६ सय ८३, कर्णाली प्रदेशमा ३० हजार १ सय ६६ र सुदूरपश्चिम प्रदेशमा ४९ हजार ८ सय २० गरी देशभरी १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाइनमा रहेका छन् । अहिलेसम्म प्रदेश नम्बर १ मा ४८, प्रदेश नम्बर २ मा १ सय ९, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा ८० र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी २ सय ७८ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

आज थप ३ जिल्ला (तेह्रथुम, पाँचथर र ताप्लेजुङ)मा देखिएसँगै ६४ जिल्लामा कोरोना संक्रमित देखिएको छन् । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ सय पुगेको छ । जसमध्ये २१ सय ३० जना र महिलाहरु १ सय ७० जना रहेका छन् । हालसम्म २ सय ७८ जना उपचारपछि घर फर्किएका छन् । आज मात्रै विभिन्न अस्पतालबाट १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै हालसम्म ९ जनाको कोरोनाको कारण ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?