काठमाडौं । तेह्रथुममा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज (बुधवार) आठराइ गाउँपालिकाको क्वारेन्टाइनमा रहेकी २० वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार संक्रमित महिलाको सवास्थ्य अवस्था सामान्य रहेको छ भने उनी चिकित्सकको निगरानीमा रहेकी छन् । यसैबीच नेपालमा आज (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।
यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको मृत्यु भएको छ नेपालमा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाका ७६ वर्षीय वृद्ध रहेको बताएको छ । त्यस्तै नेपालमा २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि हिजो (मंगलवार) एकैपटक नेपालमा २८८ जना कोरोना संक्रमित फेला परेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया