नेपालमा एकैपटक २०१ जनामा कोरोना पुष्टि, संक्रमितको कुल संख्या २३ सय पुग्यो

काठमाडौं । नेपालमा आज (बुधवार) एकैपटक २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतको कुल संख्या २३ सय पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज एकैपटक २०१ जनामा कोरोना संक्रमण भएको जानकारी दिए ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम ९ जनाको मृत्यु भएको छ भने २७८ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।

आज मात्रै १२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यसअघि हिजो (मंगलवार) एकैपटक नेपालमा २८८ जना कोरोना संक्रमित फेला परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?