स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलनपछि थपिए ६८ संक्रमित

काठमाडौं । नेपालमा आज थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनका क्रममा १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको थियो ।

त्यसपश्चात पनि थप ६८ जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा पर्साका ५, कालिकोटका १८, दैलेखका १८, बाजुराका १, सल्यानका २२ र सुर्खेतका ४ जना रहेका छन् ।

प्रादेशीक विवरण अनुसार विभिन्न जिल्लाका ६८ जनामा कोरोना संक्रमण पुष्टि भएपनि स्वास्थ्य मन्त्रालयले भने पुष्टि गर्न बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?