अचानक ढलेका थिए कोरोनाबाट मृत्यु हुने ७ औँ व्यक्ति

काठमाडौं । नेपालमा कोरोनाको कारण थप एक जनाको ज्यान मृत्यु छ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं ७ मा रहेको क्वारेन्टाइनमा रहेका दुल्लु नपा ११ निवासी ३५ वर्षको पुरुषको कोरोनाको कारण ज्यान गएको हो ।

क्वारेन्टाइनमा रहेका उनी शनिवार बिहान एक्कासी ढलेको र केही बेरमा उनको मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । उनको मृत्युपश्चात स्वाब परीक्षणको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र कोरोना पोजेटिभ देखिएको हो ।

साथै त्यसअघि उनमा कुनै किसिमको लक्षण नभएको पनि प्रतिष्ठानले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । हालसम्म २ सय १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र १ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि प्रकाशित यो समाचार पढ्नुभएको थियो ?

कोरोनाबाट नेपालमा थप १ जनाको मृत्यु, ७ जना पुगे मृतक

थप एक जनाले जिते कोरोना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?