थप एक जनाले जिते कोरोना

काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना जितेर घर फर्किनेको संख्या २२० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आज १९ जनाले कोरोना जितेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिएका थिए । त्यस्तै अहिले एक जनाले कोरोना जितेसँगै नेपालमा आज कोरोना जितेर घर फर्किनेको संख्या २० पुगेको छ ।

महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप-महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायीले कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

३५ वर्षीय व्यवसायी विजय चौधरीले १९ दिन सम्म कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?