काठमाडौं- नेपालमा पछिल्लो दुई सातादेखी तिव्र रुपमा कोरोना संक्रमित थपिन थालेका छन् । परीक्षणको दायरा बढाउनेबित्तिकै संक्रमित धमाधम थपिएका छन् । संक्रमित पनि बढ्दै जाने र लकडाउन पनि लम्बिरहने भएको कारण समस्या झनै जटिलउन्मुख भएको छ ।
एकैपटक १८९ जनालाई कोरोना संक्रमण पुष्टि
नेपालमा आज (शनिवार) एकैपटक १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १४०१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज नेपालमा एकैपटक १८९ जनालाई संक्रमण भएको जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।
कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ भने २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् । प्रदेश १ मा ३० जना, प्रदेश २ मा १०४ जना, वाग्मती प्रदेशबाट २८ जना, गण्डकी प्रदेशका ३ जना, प्रदेश ५ का ४८ जना र सुदूरपश्चिम प्रदेशका ६ जना डिस्चार्ज भएका हुन् ।
आईसोलेसनमा ११ सय ७६ (छहत्तर) जना
प्रदेश नम्बर १ मा १३०, प्रदेश २ मा ४४२, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा १७ प्रदेश ५ मा ४९६ जना, कर्णाली प्रदेशमा ६१ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी कुल ११ सय ७६ संक्रमित आईसोलेसनमा उपचाररत छन् ।
कुल संक्रमित कहाँका कति छन् ?
प्रदेश नम्बर १ मा ९ वटा जिल्लाका १६० जना संक्रमित भएका छन् । प्रदेश नम्बर २ का सबै ८ जिल्लामा संक्रमण फैलिएको छ भने कुल संक्रमितको संख्या ५४७ पुगेको छ । वाग्मती प्रदेशका १२ जिल्लामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या ४५ पुगेको छ । गण्डकी प्रदेशका ५ जिल्लामा संक्रमण फैलिएको छ भने कुल संक्रमितको संख्या २० पुगेको छ । प्रदेश ५ का ९ जिल्लामा संक्रमण फैलिएको छ भने संक्रमितको संख्या ५४७ जनामा संक्रमण फैलिएको छ । कर्णाली प्रदेशका ३ जिल्लाका ६१ जनामा संक्रमण फैलिएको छ । सुदूरपश्चिम प्रदेशका ७ जिल्लामा संक्रमण फैलिएको छ भने २१ जना संक्रमित भएका छन् । यसरी कुल संक्रमितको संख्या १४ सय १ पुगेको हो ।
संखुवासभामा पहिलोपटक कोरोना पुष्टि
संखुवासभामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज गरिएको स्वाब परीक्षणमा संखुवासभाका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा संखुवासभाको खाँदबारी एक २३ वर्षका पुरुष र संखुवासभाको पाँचखपनका एक २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५३ वटा जिल्ला र सातै प्रदेशमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
कपिलवस्तुमा थप ७७ जनामा कोरोना पुष्टि
कपिलवस्तुमा आज मात्र थप ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । हिजो ५२ एकैपटक संक्रमति भएको कपिलवस्तुमा आज थप ७७ संक्रमित भएपछि संख्या २ सय ६५ पुगेको छ ।जिल्ला स्वाथ्य कार्यालय कपिलवस्तुका अनुसार थपिएका संक्रमितहरु जिल्लाको महाराजगञ्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ ।
थप १३ जना डिस्चार्ज
नेपालमा आज थप १३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या २ सय १९ जना पुगेको हो । टेकु अस्पतालबाट बूढानीलकण्ठका ३८ वर्षिय पुरुष र टोखाका ४१ वर्षिय पुरुष डिस्चार्ज भएका छन् । उनीहरु दुबैजना संक्रमण देखिएको ५ औं दिनमा डिस्चार्ज भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकाश देवकोटाले जानकारी दिए । त्यस्तै, कोभिड युनिफइाड अस्पताल बलम्बुबाट ९ जना डिस्चार्ज भएका छन् । अछाम जिल्ला भइ बाँकेका ३२ वर्षिय पुरुष १६ औं दिनमा डिस्चार्ज भएका प्रवक्ता देवकोटाले बताए ।
त्यस्तै, रुकुम घर भएका ललितपुरका १ जना २६ वर्षिय पुरुषले पनि कोरोना जितेर घर फर्किएका छन् । उनी पनि डिस्चार्ज कोभिड युृनिफाइड असपताल बलम्बुबाट डिस्चार्ज भएका छन् ।
यस्तो छ हालसम्म डिस्चार्ज हुनेको प्रदेशीक विवरण
प्रदेश १ – ३० जना,
प्रदेश २- – १०४ जना,
वाग्मती प्रदेश – २८ जना,
गण्डकी प्रदेश – ३ जना,
प्रदेश ५ – ४८ जना
सुदूरपश्चिम प्रदेश – ६ जना
बढेको बढ्यै संक्रमित :
देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा १ सय ८९ जनामा एकैदिन आज कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४ सय १ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा शनिबार सबैभन्दा बढी १ सय २४ जनामा पोजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका सबैभन्दा धेरै ७७ जना रहेका छन् ।
यस्तै धनुषका ७, झापा १, ललितपुरका १ जना, महोत्तरीका ४ जना र रौतहट ६ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै सर्लाहीका १७, सिरहाका ११ जना जनामा पनि पोजटिभ देखिएको छ । रुपन्देहीमा भएको परीक्षणमा ३६ जनाको पोेजेटिभ देखिएको छ । जसमा कपिलवस्तुका मात्रै २९ जना रहेका छन् ।
विपि कोइराला राष्ट्रिय स्वास्थ्य जिज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा सप्तरीका ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङमा १३ र कपिलवस्तुका ३ जनामा पोजेटिभ देखिएको छ ।
वीरगञ्जमा भएको परीक्षणमा बाराका १ र पर्साका २ जना जनामा पोजेटिभ देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दैलेखका १४ जनामा पोजेटिभ देखिएको छ । विराटनगराको कोसी अस्पतालमा भएको परीक्षणमा संखुवासभाका २ जनाको पोजेटिभ देखिएको छ ।
यस्तो छ आज थपिएकाहरु कहाँका हुन् ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा धनुषाका ७ जना २० देखि ४२ वर्ष उमेरसमुहका पुरुषहरु रहेका छन् ।
त्यस्तै झापाका १ जना ४५ वर्षीय पुरुष, कपिलवस्तुका ७७ जना १६ देखि ६० वर्षका पुरुषहरु, ललितपुरकी १ जना २३ वर्षीया महिला, महोत्तरीका ४ जना २५ देखि ५५ वर्षीय पुरुष, रौतहटका ६ जना १८ देखि ४५ वर्ष उमेर समुहका पुरुषहरु, सर्लाहीका १७ जना १६ देखि ४० वर्षका पुरुष र सिरहाका १७ देखि ४० वर्षका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी प्रादेशिक जनस्वास्वस्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणका क्रममा २६ जनामा कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा कपिलवस्तु यसोधराका २९ जना १५ देखि ५० वर्षका पुरुषहरु रहेका छन् ।
त्यसैगरी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा ९ जनामा कोरोना पुष्टि भएको छ । उनीहरु सप्तरीका १८ देखि २८ वर्ष समुहका रहेका छन् । जसमध्ये १ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणका क्रममा ८ जनाको कोरोना पोजेटिभ आएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा विजयनगर कपिलवस्तुका ३ जना २६ देखि ५२ वर्षीय पुरुषहरु रहेका छन् । त्यसैगरी हापुरे दाङका १ जना ३० वर्षीय पुरुष तथा बग्लाचुली दाङकै ४ जना २७ देखि ३८ वर्ष उमेर समुहका ३ जना पुरुष र १ जना २० वर्षीया महिला रहेका छन् ।
त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा गरिएको परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये बारा हर्दियाका २४ वर्षीय १ जना पुरुष पर्सा कसौनीका १८ वर्षीय पुरुष र ६० वर्षीया महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु सबै दैलेखका १७ देखि ५० वर्ष उमेर समुहका पुरुषहरु रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षणका क्रममा २ जनामा कोरोना पुष्टि भएको छ । संखुवासभा खादवारी एक २३ वर्षीय पुरुष र पाँचखपनका १ जना २२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कति भयो परीक्षण ?
पीसीआर विधिबाट अहिलेसम्म ६६ हजार ७ सय २९ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट १ लाख ७ हजार ५५ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीपीआर विधिबाट २ हजार ५ सय ७५ र आरडिटी विधिबाट १ हजार ५ सय ७७ जनाको नमुना परीक्षण भएको छ ।
प्रदेश नम्बर १ मा ११ हजार ७ सय ४७, प्रदेश नम्बर २ मा ६ हजार ८ सय १८, बागमती प्रदेशमा २५ हजार २ सय ३१ र गण्डकी प्रदेशमा ८ हजार ४ सय ५८ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा २० हजार १ सय ८५, कर्णाली प्रदेशमा १२ हजार ९ सय ९९ र सुदूरपश्चिम प्रदेशमा २१ हजार ६ सय १७ जनाको आरडिटी परीक्षण भएको छ । सरकारले परीक्षणको दायरा पनि बढाएको जनाएको छ ।
अहिले देशभरीका २० भन्दा बढी प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण भइरहेको छ । शनिबार मात्रै विभिन्न प्रदेशमा ७७ हजार ४ सय थान विभिन्न प्रदेशमा आरडिटी किट पठाइएको प्रवक्ता देवकोटाले बताउनुभयो । यस्तै प्रदेशहरुमा ६ हजार थान भिटिएम पनि पठाइएको छ ।
क्वारेन्टाईनमा बस्ने १ लाख १० हजार नाघे
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालका क्वारेन्टाईनमा १ लाख १० हजार ७८ जना क्वारेन्टाईनमा बसेका छन् । प्रदेश १ मा ३ हजार १ सय ६६, प्रदेश २ मा १८ हजार ९ सय ७१ जना, वाग्मती प्रदेशमा २ हजार २ सय २३ जना, गण्डकी प्रदेशमा ३ हजार २६ प्रदेश ५ मा ३३ हजार ४ सय ५१ जना रहेका छन् । कर्णाली प्रदेशमा १८ हजार ९ सय ३६ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ३० हजार ३ सय १० जना रहेका छन् ।
ललितपुरकी युवतीमा कोरोना संक्रमण पुष्टि :
ललितपुरमा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका सह प्रवक्ता डाक्टर विकास देवकोटाले ललितपुरमा आज गरिएको स्वाब परीक्षणमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै ललितपुरमा कुल कोरोना संक्रमितको संख्या २ पुगेको छ । आज ललितपुरमा भेटिएकी कोरोना संक्रमित २३ वर्षीया युवती रहेको मन्त्रालयले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया