काठमाडौं । संखुवासभामा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आज गरिएको स्वाब परीक्षणमा संखुवासभाका २ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
कोशी अस्पताल विराटनगरमा गरिएको स्वाब परीक्षणमा संखुवासभाको खाँदबारी एक २३ वर्षका पुरुष र संखुवासभाको पाँचखपनका एक २२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५३ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
मन्त्रालयका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
यसैबीच नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १,४०१ पुगेको छ ।
कुल संक्रमित मध्ये ६ जनाको मृत्यु भईसकेको छ भने २१९ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा थप १३ जना स्वास्थ्योपचार पछि निको भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया