काठमाडौं । नेपालमा क्वारेन्टाइनमा बस्नेको संख्या झण्डै १ लाख पुगेको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् ।
त्यस्तै प्रदेश १ मा २ हजार ७ सय ४७, प्रदेश २ मा १६ हजार ६ सय ७८, बाग्मती प्रदेशमा १ हजार ९ सय ५४, गण्डकी प्रदेशमा २ हजार ८ सय १४, प्रदेश ५ मा ३२ हजार ३ सय ७३, कर्णाली प्रदेशमा १ हजार ७ सय ५ र सुदूरपश्चिम प्रदेशका २५ हजार ७ सय ६५ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा दिनानुदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ । शुक्रवार ( आज) मात्रै नेपालमा १ सय ७० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । २ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने ६ जनाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया