नेपालमा २०६ जनाले जिते कोरोना, १२ सय १२ पुगे संक्रमित

काठमाडौं । नेपालमा हालसम्म २०६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि घर फर्किएका मध्ये १ सय ६२ जना पुरुष र ४४ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज मात्र १९ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

शुक्रवार घर फर्किनेमा टेकु अस्पताल(काठमाडौं) बाट २ जना, पाटन अस्पतालबाट ७ जना, युनिफाइड अस्पताल बलम्बु(काठमाडौं)बाट ३ जना र दाङको कोरोना विशेष अस्पतालबाट ८ जना उपचारपछि निको भएर घर फर्किएका हुन् ।

त्यस्तै नेपालमा आज मात्र १ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । त्यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । भने ६ जनाको कोरोनाको कारण ज्यान गएको छ । नेपालमा आजै थप १ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?