निको भइ घर फर्किए नुवाकोटका पहिलो कोरोना संक्रमित

काठमाडौं । नुवाकोटका पहिलो कोरोना संक्रमित ५ दिनको उपचारपछि निको भएर घर फर्किएका छन् ।

ककनी गाउँपालिका वडा नं ३ स्थायी घर भएका ३० वर्षीय पुरुषलाई गत जेठ ११ गते कोरोना संक्रमण पुष्टि भई टेकु अस्पतामा भर्ना भएका थिए ।

काठमाडौं महानगरपालिकाको समन्वयमा गरिएको कोरोना परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुपूर्व ती पूरुष काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापन सम्बन्धी बैठकमा सहभागि भएका थिए ।

उनमा कोरोना संक्रमण देखिएपछि उनको संगतमा आएका अन्य व्यक्तिहरुको समेत कोरोना परीक्षण गरिएको थियो । तर अरुमा भने कोरोना पुष्टि भएको थिएन ।

नेपालमा हालसम्म १ हजार ४२ जनामा कोरोना संक्रमण देखिएको छ । ५ जनाको कोरोनाको कारण ज्यान गइसकेको छ । भने उनीसहित १ सय ८८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?