राष्ट्रसेवक कर्मचारीको कोरोना बीमा, आवास निर्माण र शिक्षामा जोड

काठमाडौं । सरकारले सबै राष्ट्रसेवक कर्मचारीहरुको निशुल्क कोरोना बीमा गरिदिने भएको छ ।

बिहीवार आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले अस्थायी तथा करार लगायत सबै कर्मचारीको कोरोना बीमा गर्ने घोषणा गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै सरकारी कर्मचारीहरुको एक लाख रुपैयाँसम्मको कोरोना बीमा निःशुल्क गरिदिने बताए ।

विश्वमा नै युद्ध तथा महामारीको बीमा गर्ने चलन नभएपनि बीमा समितिले त्यस्तो नियम ल्याएको छ । जस अनुसार सरकारले कर्मचारीको कोरोना बीमा गर्न लागेको हो ।

सरकारले गर्न लागेको उक्त कोरोना बीमाको अवधि एक वर्ष हुनेछ । भने बीमा गरेका कसैलाई १५ दिनपछि पीसीआर परीक्षणमा पोजेटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ १ लाख ५० हजार भुक्तानी गर्नेछ ।

त्यतिमात्र नभएर सरकारले यो बजेटमा राष्ट्रसेवक कर्मचारीको आवास निर्माण तथा शिक्षामा समेत जोड दिएको छ । राष्ट्रसेवक कर्मचारीहरुको निजी आवास निर्माण र उनीहरुका सन्ततीलाई उच्च शिक्षा अध्ययन गर्न सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था समेत मिलाइएको अर्थमन्त्री खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?