थप ४ नयाँ जिल्लामा फैलियो कोरोना, नेपालका कुन जिल्लामा कति छन् संक्रमित ? (सूचीसहित)

काठमाडौं । नेपालका कुल ७७ वटा जिल्ला मध्ये ५१ वटा जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।

४ महिनाको अवधिमा सातै वटा प्रदेशमा कोरोना संक्रमणको प्रकोप फैलिएको छ ।

नेपालमा आज (बिहीवार) एकैपटक १५६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

साथै नेपालमा अहिलेसम्म १८७ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

यी हुन् नेपालमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका ५१ जिल्लाहरूको विवरणः

पर्सा ९५
रुपन्देही ४४
उदयपुर ३३
कपिलवस्तु १०९
बाँके १७१
काठमाडौं १८
धादिङ २
कैलाली ११
बारा ४६
धनुषा ४२
रौतहट १२७
बागलुङ ८
चितवन ६
झापा ७८
महोत्तरी २२
भक्तपुर ४
बर्दिया १०
भोजपुर १
कञ्चनपुर १
नवलपरासी (पश्चिम) ६
सप्तरी २९
सर्लाही ४०
नवलपरासी (पूर्व) ३
मकवानपुर ५
दाङ २०
काभ्रे १
सिरहा १४
सिन्धुपाल्चोक १
मोरङ ६
धनकुटा ७
गुल्मी ४
खोटाङ १
दैलेख १६
सुनसरी ३
ललितपुर १
लमजुङ १
रामेछाप १
सिन्धुली १
डडेलधुरा १
बैतडी ५
सुर्खेत २८
नुवाकोट १
अछाम २
अर्घाखाँची २
जुम्ला २
स्याङ्जा ५
रुकुम पूर्व ३
सोलुखुम्बु १
दार्चुला १
बझाङ १
दोलखा २
जम्मा १ हजार ४२

आज सम्मको विवरण हेर्दा गत वर्षको माघ ९ गतेदेखि यस वर्षको आजसम्म १ हजार ४२ जनालाई संक्रमण पुष्टि भएको छ ।

नेपालमा देखिएको पहिलो केसको स्वाब परीक्षणका लागि हङकङ पठाइएकोमा अहिले भने स्वास्थ्य सामाग्रीहरु ल्याइएपछि नेपालमै परीक्षण हुन थालेको हो ।

परीक्षणको दायरा बढाउने बित्तिकै संक्रमित धमाधम थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?