सोलुखुम्बुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि

काठमाडौं । सोलुखुम्बुमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको स्वाब परीक्षणमा सोलुखुम्बुका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयले आज गरेको नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सोलुखुम्बुमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

यसैबीच नेपालमा आज (बिहीवार) मात्रै १५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ भने १८७ जना उपचार पछि निको भएका छन् । त्यस्तै ५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?