नेपालमा कोरोना: मृत्यु भएका ५ मध्ये ४ जनाको रिपोर्ट मृत्युपछि मात्रै आयो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा ललितपुर जिल्ला बुङमति २२ का ५६ वर्षीय पुरुष रहेका छन् । कलेजोका बिरामी उनी ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका थिए । पछि उनलाई किष्ट अस्पतालमा रिफर गरीएको थियो । उनको बुधवार (हिजो) बेलुकी ७ बजे मृत्यु भएको हो । मन्त्रालयका अनुसार उनको स्वाब कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट मृत्यु हुनेमा सिन्धुपाल्चोककी एकजना २९ वर्षीया महिला, बाँके नरैनापुरका एकजना २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय एकजना पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्ध रहेका छन् ।

नेपालमा आज ६६ औँ दिन हो । लकडाउन लम्बिँदै जाँदा संक्रमित तिव्र रुपमा बढेका छन् । मृतक पनि थपिइरहेका छन् । यसले झनै अन्यौल परिस्थिती सिर्जना गरेको छ । ग्रामिण भेगमा कृषिकर्म भइरहेका छन् तर सबै कृयाकलापहरु ठप्पप्राय छ ।

नेपालमा पछिल्लो समय संक्रमित ठुलो संख्यामा थपिएसँगै पछिल्ला दिनमा भयावहस्थिती आउने संकेत देखिएको छ । जसको मुख्य कारण व्यवस्थापकिय कमजोरी देखिएको छ । त्यसो त नेपालमा कोरोना परीक्षण नै कम भएको भन्ने गुनासो आम रुपमा उठेको छ । सरकारले आरडिटी परीक्षणको दायरा बढाइए पनि अझै पीसीआर परीक्षणलाई बढवा दिन सकेको छैन् । भएका परीक्षणहरु पनि पहुँचका आधारमा हुने गरेको छ ।

नेपालमा हिजो एकैदिन थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै नेपालमा आज(बिहीवार) मात्रै १५६ जना कोरोना संक्रमण देखिएको छ । यो सँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ ।

संक्रमितमध्ये जना ९४० पुरुष छन् भने १०२ जना महिला रहेका छन् ।

हालसम्म नेपालमा १ सय ८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । ती मध्ये १४४ जना पुरुष रहेका छन् भने ४३ जना महिला रहेका छन् । आइसोलेसनमा हालसम्म ८ सय ५० रहेका छन् ।

हालसम्म नेपालका सातै प्रदेश र ५१ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हालसम्मको विवरण हेर्दा तुलनात्मक रुपमा पुरुष संक्रमित बढी छन् ।

पहिलो मृतक: सिन्धुपाल्चोककी सुत्केरी महिला मृत्युपश्चात् आएको थियो कोरोनाको रिपोर्ट

गत जेष्ठ ३ गते शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।

उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकामा उनको स्वाब मृत्युपछि परिक्षण गराईयो । पछि नै रिपोर्ट आयो ।

दोस्रो मृतक: अस्पताल नै जान नपाई मृत्यु, मृत्युपछि मात्रै आयो रिपोर्ट

बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेष्ठ ३ गते बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो । अस्पताल जान नै नपाई उनले प्राण त्यागेका थिए । उनमा झाडापखाला समेत समस्या थियो भने श्वासप्रश्वासमा पनि समस्या थियो ।

तेस्रो मृतक: गुल्मीका शिक्षक

प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको थियो । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

गम्भीर अवस्थामा भेन्टिलेटरमा उपचार भइरहेका उनको मृत्यु भएको थियो । उनको भने कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका कारण पहिल्यै जाँच गरीएको थियो । तत्पश्चात उनको मेन्टिलेटरमा राखि उपचार गराइएको थियो ।
कोरोनाबाट मृत्यु हुने नेपालका तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् । गुल्मी मदाने गाउँपालिकाका वडा नं ९६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।

उक्त गाउँपालिकामा विदेशबाट आएका अन्य मानिसहरुको समेत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेभिट आएको थियो । तर गाउँबाट कतैपनि टाढा नगएका उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ । उनी नेपालका तेस्रो मृतक हुन् ।

चौथो मृतक: ७० वर्षीय पुरुष पुरुष पनि मृत्यु भएर दाहसंस्कार गरिसकेपछि आएको थियो रिपोर्ट

नेपालमा कोरोनाको कारण चौथो मृत्यु हुने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय वृद्ध हुन् ।
उनको उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएको थियो । वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो । परीक्षण रिपोर्ट शंकास्पद आएपनि उनको मृत्यु पश्चात अस्पतालले उनको शव उनका परिवार तथा आफन्तलाई बुझाइसकेको थियो । र उनको गत जेठ ५ गते दाहसंस्कार गरिसकिएको थियो ।

कोरोना लागेर मृत्यु भएकाको शव कसरी व्यवस्थापन गरिन्छ ? यस्तो छ कार्यविधि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधिमा मृत्यु भएका व्यक्तिको अन्तिम कर्म अन्य रोगी मृतकको जस्तो हुँदैन । अर्थात् परिवारले उनलाई टाढैबाट हेर्न पाउँछन् तर छुन वा अन्तिम संस्कार गर्न पाउँदैनन् ।

कार्यविधिअनुसार कोरोनाबाट मृत्यु भएकाको शव उठाउनुअघि शव वाहनका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री ९पीपीई० अनिवार्य प्रयोग गर्नुपर्छ ।

त्यस्तै मृतकको अन्तिम संस्कारमा सहभागी हुने आफन्त र नातेदार सबैले अनिवार्य रुपमा पन्जा, चस्मा, टोपी, मास्क सहितको पीपीई लगाउनुपर्छ भने मृतकको शवलाई कम चलाउने र शवमा लागेका पाइप, केथेटरलगायत सामग्री सतर्कतापूर्वक हटाउनुपर्ने हुन्छ ।

त्यस्तै मृतकलाई अन्तिम संस्कार गर्ने घाटसम्म लान साधारण शव वाहनको प्रयोग गर्न सकिएपनि सकेसम्म शवलाई छिटो अन्तिम संस्कार गर्ने ठाउँमा पुर्याउनपर्ने हुन्छ ।

६० वर्ष उमेर कटेका व्यक्ति र दीर्घ रोगीलाई कोरोनाका कारण ज्यान गुमाएका व्यक्तिको नजिकै जान दिनु नदिने, अन्तिम संस्कार गर्दा सकभर शव नछुने तथा कोरोनाबाट मृत्यु भएकाको पोष्टमार्टम सामान्यतया गर्न नपर्ने गरेपनि सावधानी अपनाएर मात्रै गर्ने कार्यविधिमा उल्लेख छ ।

कोभिड९१९का कारणले मृत्यु भएका व्यक्तिको सामान्यतया पोस्टमार्टम गर्न नपर्ने पनि कार्यविधीमा छ । यदि पोष्टमार्टम गर्नुपरेमा मृतकको फोक्सो तथा अन्य अंगहरुमा जीवाणु जिउँदै हुनसक्ने हुनाले होसियारी अपनाएर गर्नुपर्ने उल्लेख रहेको छ । पोस्टमार्टम गरे यथेष्ट भेन्टिलेसनको व्यवस्था भएको कोठामा न्यून स्वास्थ्यकर्मीको उपस्थितिमा आवश्यक पीपीई प्रयोग गरेर गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

शवको कुनै भागबाट रक्तश्राव भइरहेको भए त्यस भागलाई होसियारीपूर्वक बन्द गरेर सुरक्षित हुनुपर्छ ।

कोरोना संक्रमणबारे जान्नैपर्ने तथ्यहरु

जनस्वास्थ्यविद् डा रवीन्द्र पाण्डेले आफ्नो सामाजिक सञ्जालबाट यसअघि सेयर गरेकोमहत्वपूर्ण जानकारी यस्तो छ ।

कोरोना संक्रमण कसरी सर्छ रु कति खतरनाक छ रु मृत्युदर कस्तो छ रु हाम्रो समाजमा चलेका हल्ला कति साँचो हुन् रु यी र यस्ता बिषयलाई सरल भाषामा प्रस्तुत गरेको छु:

– अधिकांश कोरोना संक्रमित महिलाले जन्माएको शिशुलाई कोरोना संक्रमण देखिएको छैन । पाठेघरमा स्थित एम्नियोटिक फ्लुइड, आमाको दुध आदिबाट शिशुलाई कोरोना सर्दैन । कोरोना श्वासप्रश्वास भाइरस भएको हुँदा शिशुको नाक, मुख तथा आँखातिर फर्केर खोकेमा, हाच्छ्यु गरेमा तथा असुरक्षित संसर्ग भएमा शिशुलाई कोरोना संक्रमण सर्न सक्छ । तर सबैलाई सर्दैन । नवजात शिशुलाई जन्मिएपछि आमाबाट अलग राख्नु सुरक्षाको प्रमुख उपाय हो ।

– अहिलेसम्म लामखुट्टे, झिंगा आदिबाट कोरोना भाइरस सरेको देखिएको छैन । कोरोना भाइरस स्वाश्प्रश्वासजन्य भाइरस भएकोले लामखुट्टे र झिंगाको टोकाइबाट सर्दैन ।

– खानाबाट कोरोना भाइरस सर्ने सम्भावना कम हुन्छ । कोरोना भाइरसलाई न्यून र फ्रिजिंग तापक्रम अनुकुल हुने भएकोले खानेकुरालाई सरसफाई गरेर सुरक्षित ढंगले सेवन गर्दा कोरोना भाइरस सर्ने सम्भावना न्यून हुन्छ ।

– स्यानिटाइजरभन्दा साबुनपानीले हात धुनु निकै प्रभावकारी हुन्छ ।

– मास्क सहि तरिकाले नलगाएमा कोरोना संक्रमण सर्ने डर हुन्छ । त्यसैले सहि तरिकाले मास्क लगाउने, मास्क तथा अनुहारलाई नछुने, एकपटक प्रयोग गरेको मास्क पून स् प्रयोग नगर्ने एबम मास्कलाई सुरक्षित ठाउँमा बिसर्जन गर्ने अभ्यास गर्नुपर्दछ ।

– संक्रमित व्यक्तिले छुंदैमा तथा छोंटो कुरा गर्दैमा कोरोना भाइरस सर्दैन । कोरोना भाइरस सर्नको लागि १००० – ३००० भाइरस हाम्रो शरीरमा प्रवेश गर्न आबश्यक हुन्छ । यसको लागि या त संक्रमित व्यक्तिले हाम्रो अनुहारतिर फर्केर खोक्नुपर्ने हुन्छ वा छ्युं गर्नुपर्ने हुन्छ ्अन्यथा छोंटो समयको सम्पर्कले कोरोना भाइरस सर्दैन ।

– कोरोना भाइरस हावाबाट सर्दैन । ६ फिटको दुरी कायम गरेमा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ । हाम्रो थुक्ने बानी, मान्छेतिर फर्किएर खोक्ने बानी, हाच्छ्यु गर्ने बानी तथा सिगान फाल्ने बानीले कोरोना भाइरस सर्ने सम्भावना हुन्छ ।

– कमन सौचालय प्रोग गर्दा कोरोना संक्रमण सर्ने सम्भावना हुन्छ । यो जोखिमबाट बचनको लागि सौचालयको ह्यान्डल, तालाचापी, चुकुल, भित्तो, सतह, प्यान वा कमोड पटकपटक संक्रमणरहित बनाउनुपर्छ । साबुनपानी, क्लोरिन पानी, स्प्रिट कपास, लाइसोल आदिले सौचालय सफा गर्नुपर्दछ ्र त्यस्तै ट्वाइलेट फ्लस गर्दा ढकन लगाएर गर्नुपर्दछ ।

– चीनमा भएको अध्ययनले देखाएको छ कि फ्यान ( पंखा ) वा एसिले कोरोना भाइरसलाई १० फिटसम्म फ्याँक्न सक्छ । अमेरिकामा भएको अध्ययनले पनि एसिको एक्जिट कर्नर असुरक्षित हुने भनेको छ । तसर्थ संक्रमित भएको ठाउँमा पंखा र एसिलाई सावधानीपूर्वक प्रयोग गर्नुपर्दछ । संक्रमित नभएको परिवारमा पंखा र एसिले हानि गर्दैन ।

– धेरै सुचना लिएर कोरोनाबाट बच्न सकिंदैन । धेरै मेडिया हेर्दा तथा सुन्दा थप चिन्ता र तनाब हुन्छ । तसर्थ आधारिक सूचना लिने बानी गर्नुपर्छ । टेलिभिजन तथा सामाजिक संजाल धेरै हेर्दा ह्यांग हुन्छ । जसले थप तनाब उत्पन्न हुन्छ ।

– कोरोना संक्रमण भएको दिनदेखि नै अरुलाई रोग सर्न सक्छ । त्यस्तै निको भएपछि पनि २ हप्ता होम क्वारेन्टाइनमा बस्नुपर्दछ ।

– एकजना व्यक्तिले औसत ३ जनालाई संक्रमण सार्न सक्छ । कन्ट्याक्ट ट्रेसिंगको आधारमा यो औसत निकालिएको हो । १-२ जनलाई संक्रमण भएका परिवारमा परिवारका सबै सदस्यलाई संक्रमण सर्दैन । एउटा क्वारेन्टाइनमा बसेका सबैलाई सर्दैन । कोरोना संक्रमण सर्नको लागि धेरै संयोग र जोखिम मिल्नुपर्ने हुन्छ । त्यस्तै रोगप्रतिरोधात्मक क्षमता हरेक व्यक्तिको अलग अलग हुन्छ ।

– बालबालिका जोखिम बर्गमा पर्दैनन् । तर उनीहरुबाट आफ्नो घरका जोखिम उमेरका व्यक्तिलाई संक्रमण सार्न सक्छन ।

– कोरोना संक्रमण भएको व्यक्तिमा ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लगायतका लक्षण हुनै पर्छ भन्ने छैन ्र हाल लक्षणविहिन कोरोना संक्रमण धेरै देखिएको छ । त्यसैले ट्राभल हिस्ट्री र कन्ट्याक्ट हिस्ट्री हेर्नुपर्ने हुन्छ ।

– कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा बस्नुपर्छ भन्ने अनिबार्य छैन । अधिकांश देशमा संक्रमितलाई आफ्नै घरमा आइसोलेसनमा राख्ने गरिन्छ  ।  आराम गर्ने, झोलिलो खाना प्रशस्त खाने, ज्वरो आएमा पारासिटामोल खाने तथा अरु परिवारसंग दुरी कायम गर्दा ८५ ५ संक्रमितलाई निको हुन्छ । लक्षणहरु देखिएमा तथा गाह्रो भएमा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ ।

– कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन । ८५५ संक्रमितमा सामान्य लक्षण देखिएर आफै निको हुन्छ । मुटुको रोग, किड्नीको रोग, फोक्सोको रोग, अटोइम्युन डिस्अर्डर, क्यान्सर आदिका दीर्घरोगीलाई मात्र जोखिम हुन्छ । मृत्युदर जम्मा ३ ५ हुन्छ ।

– कोरोना भाइरस अत्यन्तै घातक भाइरस हैन । सार्स, मर्स, इबोला, प्लेग, बिफर लगायतका रोगभन्दा यो निकै कम घातक छ ।

– संक्रमण फैलिएको यो अवस्थामा सेवन गरिरहेका औषधि तथा नबिग्रिने खाध्य पदार्थ २(३ महिनाको स्टोर गर्ने, तरकारी फलफुल हप्ताको एकपटक किन्ने, दुध २ दिनमा एकपटक किन्ने गर्दा थप सुरक्षित हुन सकिन्छ ।

– कोरोना भाइरस मार्नको लागि सोडा, एसिड, अल्कोहल, स्टेरोइड औषधि, इथानोल, तेल आदिले कुल्ला गर्ने वा निल्ने गरेमा खतरा हुन्छ । तसर्थ सरसफाई, सामाजिक दुरी र बाहिर एकदम कम समय जाने जस्ता सुरक्षित अभ्यासले कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

– हावा ओहोरदोहोर गर्ने ठाउँमा यो भाइरस लामो समय रहँदैन । साबुनपानी, स्प्रिट कपास, तथा स्यानिटाइजरले सफा गर्दा सतहमा वा सामानमा भाइरस निस्क्रिय हुन्छ ।

– नेपालमा मृत्यु भएको पहिलो बिरामीलाई सुरुमा गरेर प्रसव गराएको भए आइसीयुमा राखेर बचाउन सकिन्थ्यो । दोस्रो केसको हकमा पनि सुरुमा तभकत गरेर अस्पताल पुर्याएको भए, झाडापखाला हुँदा जीवनजल र सलाइन दिएको भए वा अस्पताल पुर्याएको भए बचाउन सकिन्थ्यो ।

– संक्रमण धेरै फैलिएर हाम्रा अस्पतालले थेग्ने अवस्था नभएमा हामीले बिभिन्न राष्ट्र तथा संस्थाबाट सहयोग पाउनेछौं । चीन लगायत धेरै देशमा कोरोना संक्रमण काबुभित्र आइसकेको छ । यो महामारीमा एक देशले अर्को देशलाई सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?