काठमाडौं । जेठ १५ अर्थात आज गणतन्त्र दिवस । नेपालमा गणतन्त्र ल्याउनको लागि लामो संघर्ष, वलिदानी र धेरै मानिसहरुले सदाहत प्राप्त गरेका छन् । २ सय वर्ष भन्दा लामो समयदेखि नेपालमा राजकाज चलाइरहेको शाह वंशिय शासन सत्ता जनताको हालमा निहित भएको दिन हो जेठ १५ ।
तत्कालिन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार राज्यमा निहित गर्दै २०६५ जेठ १५ गते नारायणहिटी छोडेका थिए ।
त्यसपछि हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । कोरोना भाइरस ९कोभिड १९० को मारमा यस वर्षको गणतन्त्र दिवस परेको छ ।
यस वर्षको गणतन्त्र दिवस दिप प्रज्वलन गरेर मनाउनको लागि गृहमन्त्रालयले आग्रह गरेको छ । तर गणतन्त्र दिवसको अवसरमा शुभकामना दिने क्रममा उच्च पदस्त व्यक्तिहरुमा कन्फ्युजन देखिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिइएको सन्देशमा मिति फरक देखिएको हो ।
यसैक्रममा राष्ट्रपति कार्यालयले जारी गरेको शुभकामना सन्देशमा १३ औँ गणतन्त्र दिवस भनिएको छ ।

प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा १२ औँ गणतन्त्र दिवस भनिएको छ ।

त्यस्तै प्रचण्डले दिएको शुभकामना सन्देशमा १३ औँ गणतन्त्र दिवस भनिएको छ ।

यसैक्रममा नेपााली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै लोकतन्त्रको स्थापना र पुनः स्थापनाका लागि भएका जनआन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्नुहुने वीर शहीदप्रति उच्च सम्मान एवं श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
उनले आज एक शुभकामना सन्देशमार्फत नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ को सफलतापश्चात कांग्रेसको नेतृत्वमा मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रूपमा स्थापित भएको उल्लेख गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया