चौरजहारी घटना अपडेट : वेपत्ता एक जनाको शव भेटियो

सुर्खेत । रुकुम पश्चीम चौरजहारीको सोती घटनामा वेपत्ता भएका ३ जना मध्य १ जनाको शव बुधवार फेला परेको छ । जाजरकोट भेरी नगरपालिकाका लोकेन्द्र सुनारको शव भेटिएको हो ।
नवराज विक सहित ४ जनाको शव फेला परेको छ । भने २ जना अझै बेपत्ता रहेका छन् उनिहरुको गोताखोर टोलिले खोजी जारी राखेको छ ।

बेपत्ता हुनेमा जाजरकोट भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी बताए ।

यो पनि पढ्नुहोस् : चौरजहारी घटनास् नदीमा गोताखोर टोली दिनभर तैनाथ, नदी धमिलो हुँदा शव खोज्न कठिन

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ८ सोती गाउँका स्थानीयले आक्रमण गरि घाईते बनाई भेरी नदिमा लखेटेका थिए । गत शनिबार बेलुका ५ बजेतिर मल्ल थरकी केटीलाई भगाएर ल्याउने भन्दै मृतक नवराज विकले थप १८ जना साथी लगेर रुकुमपश्चिमको चौरजहारी पुगेको समयमा घटना भएको थियो ।

त्यहाँ जानेमध्ये केही युवा सल्यान र बाँके, जाजरकोट र रुकुम पश्चिम जिल्लाका हुन् । घटना अनुसन्धान कार्यमा सहयोगका लागि संघीय प्रहरी इकाईबाट एक जना प्रहरी निरीक्षकको कमाण्डमा थप दुई जनाको टोली पनि यसअघि नै त्यहाँ पुगेको छ ।

गृह मन्त्रालयले पनि मंगलबार घटनाको निष्पक्ष छानबिन गर्न भन्दै एउटा समिति बनाएको छ ।

 यो पनि पढ्नुहोस् : रुकुम हत्या प्रकरण : २० जनाविरुद्ध किटानी जाहेरी
                             

युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?