एलपी पौडेल । सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या ३८ पुगेको छ । बुधबारमात्रै १५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
भरतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ आएको प्रदेश अस्पताल सुर्खेतका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बर खड्काले जानकारी दिए । उनिहरूमध्ये १३ जना सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका र २ जना चौकुने गाउँपालिकाका रहेको उनले बताए ।
यसअघि दैलेखका ८ जना र सुर्खेतका १५ गरि जम्मा २३ जना संक्रमित थिए । योसंगै सुर्खेतका मात्रै ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
उनिहरू १५ जनाकै स्वाब प्रदेश अस्पताल सुर्खेतमै जाँच गरिएको खड्काले बताए । साथै यसबारे मन्त्रालयले भने पुष्टि गर्न भने बाँकि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया