काठमाडौं । अर्घाखाँचीमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको छ । यही जेठ २ गते भारतबाट नेपाल फर्किएका २ जना युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतको रायबरेली भन्ने ठाउँबाट पैदल हिँडेर गृहजिल्ला आईपुगेका उनमा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।
जिल्ला आउनासाथ उनीहरुलाई पाणिनी गाउँपालिका वडा नम्बर–८, पालीको कमला माबीको क्वारेन्टाइनमा राखिएको थियो । भैरहवास्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा क्वारेन्टाइनमा रहेका १९ वर्ष र ४३ वर्षका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए।
संक्रमण देखिएका दुबैको स्वास्थ्यावस्था सामान्य रहेको बताइएको छ । अर्घाखाँचीमा पहिलो पटक कोरोना संक्रमण देखापरेको हो ।
उनीहरुसंँगै आएका अन्य तीन जनाको रिपोर्ट भने नेगेटिभ आएको छ । योसँगै नेपालका कुल ७७ वटा जिल्लामध्ये ४४ वटा जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया