टिचिङका डाक्टर र कर्मचारीलाई राजधानीका दुई होटलमा राखिने

काठमाडौं । राजधानीको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका डाक्टर र कर्मचारीलाई होटलमा राखिने भएको छ।

त्रिवि शिक्षण अस्पतालमा दुई जनामा कोरोना संक्रमण देखिएपछि आवश्यक सावधानी अपनाउँदै क्वारेन्टाइनको रुपमा उनीहरुलाई होटलमा राख्ने निर्णय भएको उच्च स्रोतले बतायो ।

स्रोतका अनुसार होटलm हिरण्ड र द्वारिकाजमा उनीहरुलाई राख्ने र्निाय भएको छ । तर द्वारिकाजमा राख्नेबारे स्थानीयले विरोध गर्दा समस्या उत्पन्न भएको छ ।
स्रोतले भन्यो– होटलमा राख्ने निर्णय भइसकेको छ । तर केही प्राविधिक कुरा नमिल्दा कार्यान्वयनमा ढिलाइ भएको छ ।’

त्रिवि शिक्षण अस्पतालमा कोरोनाको बिरामी देखिएपछि सो अस्पताल उच्च जोखिममा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?