ग्राण्डी अस्पतालमा कोरोना संक्रमित भेटिए

काठमाडौं – काठमाडौको धापासीस्थित ग्राण्डी ईन्टरनेसनल हस्पिटलमा कार्यरत एकजनामा कोरोना पुष्टि भएको छ ।

उनमा कोरोना भाइरस ‘कोभिड – १९’ को जाँच गरेपछि रिपोर्ट आएलगत्तै अस्पतालको विभिन्न वार्ड सील गर्ने तयारी गरिएको छ ।

अस्पतालमा छुट्टै आईसोलेसन वार्ड तयार गरीएको र उनलाई त्यस वार्डमा राख्न लागीएको स्रोतले बतायो । थप विवरण आउन बाँकी छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा त्यहाँको एक कर्मचारीमा संक्रमण पुष्टि भएको हो । उनको काठमाडौं गोकर्ण बसोबास रहेको बुझिएको छ । उनीसँग सम्पर्कमा रहेकाहरुको पनि स्वाब जाँचका लागि पठाइएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको स्वाब जाँचका लागि पठाइएको थियो ।

यसअघि पनि काठमाडौंको त्रि वि शिक्षण अस्पताल महाराजगञ्जमा एक बालिकामा कोरोना पुष्टि भएपछि अस्पताल सील गरिएको थियो ।

विश्वभर मानव जातिको अस्तित्व नै खतरामा पार्ने गरी भयावह भएर फैलिएको कोरोना भाइरस ‘कोभिड-१९’ का कारण नेपालमा आज शनिबार मात्रै ३२ जना थपिएका छन् भने कुल संक्रमितको संख्या ५४८ पुगेको छ । ग्राण्डीमा कार्यरत कर्मचारी आज थपिएका संक्रमित मध्ये एक हुन् ।

हालसम्म नेपालमा ७० जना डिस्चार्ज भइसकेका छन् ।

करिब २० हजार भन्दा धेरै मानिसहरु क्वारेन्टाईनमा बसिरहेका छन् ।

रेड जोनमा पर्नेको संख्या दिनप्रतिदिन बढीरहेको छ । तुलनात्मक रुपमा नेपालमा हालसम्म पुरुष संक्रमित बढी रहेका छन् । विश्वभर यो संक्रमणका कारण ३ लाख ४० हजार २ सय ३० जनाको मृत्यु भइसकेको छ ।

यो पनि पढ्नुहोस् :

नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित ५४८ पुगे

कोरोना महामारीका बेला पचास हजार बढी एनजीओ कहाँ छन् ? 

क्वारेन्टाइनमा सर्पले टोक्दा एकको मृत्यु
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १ लाख २५ हजार नाघ्यो

यस्तो आयो मुख्यमन्त्री गुरुङसहित सात मन्त्रीको पिसीआर रिपोर्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?