नेपालमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमित ५४८ पुगे

काठमाडौं । नेपालमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, र भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमितहरु कपिलवस्तुमा ८ जना रहेका छन् । कपिलवस्तु वाणगंगा नगरपालिकाका वर्ष १७, १९, २२, २९, ३५, ४० र ४२ का पुरुष तथा २७ वर्षीय महिला रहेका छन् । उनीहरुको राष्ट्रिय प्रयोगशाला काठमाडौंमा स्वाब परीक्षण गरिएको थियो ।

त्यस्तै राष्ट्रिय प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षणमा सार्लाहीका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरु सर्लाही गोडैता कविलासी नगरपालिकाका वर्ष १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५ र ३५ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षणमा बाराको करैयामाई गाउँपालिकाकी ३७ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमै गरिएको स्वाब परीक्षण्मा काठमाडौंका ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिउको स्वाब परीक्षणमा रुपन्देही गैडहवा र रोहिणी गाउँपालिकाका वर्ष २०, २०, २४, २४, २७, ३०, ३० र ५५ वर्षका पुरुष रहेका छन् ।

त्यस्तै भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा चितवनको भरतपुर ६ का ५२ वर्षीय पु’रुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?