मुख्यमन्त्रीको शपथ फागुन ४ गते

पोखरा, १ फागुन – प्रदेश नं ४ का नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद तथा गोपनीयताको शपथ ग्रहण यही फागुन ४ गते शुक्रबार हुने भएको छ यसअघि भोलि फागुन २ गते बुधबारका लागि शपथग्रहणको मिति तय गरिएकामा प्राविधिक कारणवश उक्त मिति हेरफेर भएको प्रदेश प्रमुखको कार्यालयका सचिव देवीप्रसाद ज्ञवालीले जानकारी दिए उनका अनुसार फागुन ४ गते बिहान ९ः३० बजे पोखरास्थित प्रदेश प्रमुखको सरकारी निवासमा मुख्य मन्त्रीको शपथ ग्रहण हुनेछ । प्रदेश नं ४ का नेकपा (एमाले)का संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्ति गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?