प्रचण्डले मार्लान् त छलाङ ? आजै एकताबारे सहमति हुन सक्ने भनाई

काठमाडौँ, १ फाल्गुन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्ग्याउने गरी छलफल भइरहेको बताएका छन् । आजै साँझ एमाले अध्यक्ष केपी ओलीसँग उनको वार्ता छ २३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले जयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको भन्दै यहि ऐतिहासिक दिनमा पार्टी एकीकरणको प्रकृया टुङ्ग्याउन आफूहरु लागि परेको बताए ‘दुई पार्टी एकताका लागि हामी गहन छलफलमा छौ । एमाले अध्यक्ष केपी ओलीले पनि हाम्रो कुराकानीका क्रममा जनयुद्धको महत्व स्वीकार गर्नुभएको छ । जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङग्याउने हाम्रो कोसिस छ । सायद यो कोशिस सफल हुन्छ । यसले प्रतिकृयाबादी र साम्राज्यबादीलाई चुनौती हुन्छ’ अध्यक्ष प्रचण्डले सम्बोधनका क्रममा भने उनले एमाले र माओवादी एकतासँगै नेत्रविक्रम चन्द विप्लव र मोहन बैद्य किरणलाई पनि एकता प्रक्रियामा सहभागि हुन आग्रह गरे सवै कम्युनिष्टहरु एक ठाउँमा नआएसम्म समाजबाद स्थापना हुन नसक्ने भन्दै प्रचण्डले करोडौ जनतालाई एकताबद्ध गराएरमात्रै समाजबादको सपना पुरा गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?