ट्रयाक्टरबाट खसेर मृत्यु

काठमाडौं । डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्र्याक्टरबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भन्सारबाट पुर्कोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको ग १ त ५५०२ नंको ट्र्याक्टरमा सवार परियारको ट्र्याक्टरबाट लडेर घाइते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।

रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?