प्रदेश ७ सभामुखमा थापा निर्विरोध चुनिए

धनगढी, २९ माघ – प्रदेश नम्बर ७ को प्रदेशसभाको आज बसेको बैठकले बझाङबाट निर्वाचित नेकपा (एमाले)का सांसद अर्जुनबहादुर थापा प्रदेशसभाको सभामुख पदमा निर्विरोध निर्वाचित गरेको छ प्रदेशसभाको पहिलो अधिवेशनको आज भएको दोस्रो दिनको बैठकमा सभामुखको भूमिका निर्वाह गर्नुभएका जेष्ठ सांसद दिव्यश्वरी शाहले सांसद अर्जुनबहादुर थापालाई प्रदेश नम्बर ७ को प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस् भनी एउटा मात्र प्रस्ताव प्राप्त हुन आएकाले प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि, २०७४ को दफा ६ को उपदफा ३ बमोजिम उहाँ प्रदेशसभाको सभामुखमा निर्विरोध निर्वाचित हुनुभएको घोषणा गर्नुभयो जेष्ठ सदस्य शाहले सांसद थापा सभामुख पदमा निर्विरोध निर्वाचित हुनु भएकोमा उहांको सफल कार्यकालका लागि हार्दिक शुभकामनासहित बधाई दिनुभएको थियो यसअघि बैठकमा सभामुखको अनुमति लिएर प्रस्तावक नेकपा (एमाले)का सांसद दीर्घबहादुर सोडारीले सांसद अर्जुनबहादुर थापालाई सभामुखमा निर्वाचित गरियोस् भनी दर्ता गराउनुभएको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो प्रस्तावकले प्रस्ताव पेश गर्नु भएपछि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्टले समर्थन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?