मुक्तिनाथ बैंक र गुराँस लाइफबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं, २८ माघ । मुक्तिनाथ विकास बैंक र गुराँस लाइफ इन्स्योरेन्सबीच शुक्रबार बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतासँगै मुक्तिनाथ बैंकका ग्राहकहरुले कुनैपनि शाखाबाट जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा लिन पाउँनेछ मुक्तिनाथ बैंक लिमिटेडको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षीक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना सहित १२ वटा जीवन बीमा योजना विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरुलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्येले बैंकासुरेन्स सम्झौता भएको हो सम्झौतामा इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र बैंकको तर्फबाट डेपुटी सि.ई.ओ. प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् । गुराँस लाइफ इन्स्योरेन्सले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गर्दे आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?