अप्ठ्यारोपमा परेपछि ओलीले गरे प्रचण्ड र माधव नेपालसँग यस्तो प्रस्ताव

अध्यादेश प्रकरणपछि अप्ठ्यारोमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपालसँग मिलेर जान प्रस्ताव गरेका छन् ।

स्थायी कमिटीका बहुमतभन्दा बढी सदस्यले प्रधानमन्त्री ओलीका पछिल्ला कदममाथि प्रश्न उठाउँदै बैठक माग गरेपछि प्रधानमन्त्री अप्ठ्यारोमा परेका छन् ।

यो अवस्थामा प्रचण्ड र नेपालले बैठक नै बोलाएर प्रधानमन्त्री ओलीको कामको समीक्षा गर्ने दिशामा अघि बढ्न थालेपछि बालुवाटारमा मिलेर जाऔं भन्ने प्रस्ताव आएको हो ।

यो सन्देश प्रचण्ड र नेपाललाई पुगिसकेको कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?