काठमाडौं । रसुवाबाट निर्वाचित सांसद मोहन आर्चायले लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका सर्वसाधारणलाई उद्धार गरि घर पुर्याएका छन् । सांसद आचार्यको पहलमा आफ्ना जिल्लाका ४ सय बढी नागरिकहरुलाई आइतवार जिल्ला लगिएको नेबिसंघ रसुवाका सचिव सुनिल पौडेलले जानकारी दिए ।

काठमाडौंमा लकडाउनका कारण घर जान नपाएका नागरिकहरुलाई ११ वटा बस मार्फत जिल्ला लगिएका पौडेलले बताए । साथै घर जान पाएकोमा खुसी हुँदै उनीहरुले सांसद आचार्यलाई धन्यवाद समेत दिएका छन् । आ आफ्नो घर गएसँगै उनीहरुलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा बस्नको लागि सांसद आचार्यले आग्रह समेत गरेका छन् ।

साथै यसअघि सांसद आचार्यको पहलमा जिल्लामा स्वास्थ्य सामाग्री वितरण साथै सुविधा सम्पन्न क्यारेन्टाइनको लागि आफ्नै घर उपलब्ध गराएका छन् । भने नागरिकहरुमा कोरोना संक्रमण जोखिम कम गर्न मास्क, स्यानिटाईजर, सावुन लगायतका सामाग्रीहरु समेत वितरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया