कतारको जेलमा रहेका १७ नेपालीले पाए आममाफी

काठमाडौं । कतारको बन्दी गृहमा रहेका १७ जना नेपालीहरु रिहा भएका छन् । विश्व महामारीको अवस्थालाई मध्यनजर गर्दै कतारका अमिर शेख तमिम बिन हमाल अल थानीले कैदीहरुको स्वास्थ्य र मानवीय अवस्थालाई ध्यानमा राखी कैदीहरुलाई आममाफी दिने घोषणा सार्वजनिक गरेका थिए ।

उक्त, आम माफी अन्तर्गत कतारको बन्दी गृहमा रहेका १७ जना नेपाली नागरिकहरु पनि रिहाई भएका कतार स्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । रिहाई हुनेमा १३ जना लागू औषध कारोवारजन्य, २ जना चोरी, १ जना मादक पदार्थ कारोबार र अर्का १ जना ठगीको कसुरमा रहेका दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?