इनरुवा । कोरोना भाइरसको सङ्क्रमितसँगै उदयपुरको भुल्केमा बसेका एक जना सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका रहेका छन् ।
कोरोना सङ्क्रमित पाइएका भारतीय नागरिकको समूहमा रहेका व्यक्तिसँगै सुनसरी भोक्राहा नरसिंह गाउँपालिका-५ का ४६ वर्षीय एक जना रहेको नेपाल मुस्लिम सङ्घ प्रदेश नं १ का अध्यक्ष हाजी इसराइल मन्सुरीले बताए।
सङ्क्रमित समूहसँगै १० दिन बसेर फर्किएको सूचनाका आधारमा उनलाई क्वारेन्टाइनमा पठाइएको छ ।
घरमा लुकेर बसेको गाउँलेले सूचना दिएपछि प्रहरीसहितको टोलीले स्वास्थ्य परीक्षणसँगै क्वारेन्टाइनका लागि विराटनगर पठाएको हो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया