काठमाडौं । महानगरपालिकाले मापदण्ड नै बनाएर अभिभावक नभएका, आयश्रोत तथा जायजात नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी श्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण गर्दै आएको छ ।
२०७७ बैशाख १ गते आइतवारसम्मको तथ्याङ्क अनुसार राहत आवश्यक भएकाहरुको पहिचान ५२ हजार २ सय ६८ पुगेको छ । त्यस मध्ये ४२ हजार ६ सय ३७ लाई राहत वितरण गरिसकेको छ । कामपाले एकद्धार प्रणाली बाट राहत वितरण गरेका कारण अन्यले पनि राहत दिँदा सम्वन्धित वडासँग समन्वय गरेर मात्रै बाँड्न सक्नेछन् ।
यो तथ्याङ्कलाई हेर्दा कामपाले आफ्नै स्रोतबाट २९ हजार १ सय ७ जनालाई राहत वितरण गरेको छ भने १३ हजार ५ सय ३० अन्य स्रोतबाट राहत वितरण भएको छ । राहत वितरणको प्रक्रिया जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया