काठमाडौँ। नेपालमा बर्सेनि चट्याङबाट मर्नेको सङ्ख्या बढ्दो छ । विगत ११ वर्षे अवधिमा ८२१ जनाको ज्यान गएको छ । अचेल गड्याङगुडुङ गर्दै, बिजुली चम्कँदै, कतै चर्को आवाजसहित ठोक्किएको धेरै सुनिन्छ । सामान्यतया त्यसलाई नै आम मानिसले चट्याङ परेको बुझ्छन् ।
मौसमविद्का अनुसार प्रि–मनसुनको तीन महिनाभित्र, मनसुन सुरु नभएसम्म र हिउँदे वर्षा जाने बेलामा चट्याङ बढी पर्छ । प्रि–मनसुन सुरु हुँदाको करिब एक महिनाको अवधिमा २१ वटा चट्याङका घटना भएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्तर्गत रहेको आपत्कालीन कार्य सञ्चालन केन्द्रका अनुसार चट्याङबाट २०७५ सालमा मात्र ६८ जनाले ज्यान गुमाए । यस अवधिमा सबैभन्दा बढी २०६९ सालमा १३१ को मृत्यु भएको थियो ।
मानिसको ज्यान लिनेमध्ये आगलागी र पहिरोपछि तेस्रो डरलाग्दो प्राकृतिक विपत्तिमा चट्याङ रहेको विपत्को प्रतिवेदन सन् २०१७–२०१८ ले बताउँछ । जस अनुसार त्यस अवधिमा १६० जनाको ज्यान गएको थियो । यसवर्ष पनि गत वैशाखदेखि हालसम्म ४८ जनाको चट्याङले ज्यान लिएको गृह मन्त्रालयले जनाएको छ ।गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया