अत्याधिक कोरोनाको संक्रमण फैलाएको धार्मिक सभामा १९ नेपाली रहेका भारतीय सञ्चारमाध्यमको दाबी

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण फैलाउन भूमिका खलेको नयाँदिल्लीस्थित मुस्लिम संस्था तबलीगी जमातको हेडक्वार्टरमा भएको धार्मिक सभामा १९ जना नेपालीसमेत सहभागी भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यम द इकोनोमिकका अनुसार १ देखि १५ मार्चसम्म चलेको उक्त सभामा नेपालसहित १६ देशका नागरिक सहभागी थिए । तर अहिलेसम्म नेपालका कुन-कुन ठाउँका व्यक्ति सहभागी थिए भन्ने बारेमा भने अहिलेसम्म केहि जानकारी खुलाइएको छैन ।

दिल्ली प्रहरीले निजामुद्दीन क्याम्पसमा पछिल्ला दुई दिनमा खोजी गर्दा ३०० जना विदेशी फेला पारेको छ। यसमा नेपालका १९ जना भेटिएका हुन् । भारतमा उक्त सभामा सहभागी भएकामध्ये केहीको मृत्यु भएको र केहीलाई कोभिड-१९ पोजेटिभ भेटिएपछि त्यहाँ अन्य देशका नागरिक पनि सहभागी भएको खुलेको थियो ।

निजामुद्दीनमा रहेको मुस्लिम संस्था तबलीगी जमातमा भारतका १९ राज्यमा मानिसले सहभागिता जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको संक्रमण रोक्न भारत सरकारले देशैभर लकडाउन गर्नु अघि नै त्यहाँ मानिसहरू धार्मिक सभामा सहभागी भएको जनाइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?