म्याग्दी । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्नका लागि म्याग्दी जिल्लाका ६ वटै स्थानीय तहमा बनाइएका १ सय ८ वेडको क्वारेन्टाइनमा ३३ जना बसेका छन् ।
बनी नगरपालिका, मङ्गला र रघुगंगा गाउँपालिकाका गरी अहिलेसम्म विदेशबाट आएका ५ महिला र २८ पुरुष क्वारेन्टाइनमा बसेको रेडक्रसका प्रतिनिधि सुरत केसीले जानकारी दिए । “विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय स्थानीय तहको छ”, उनले भने, “विदेशबाट आएकाहरु धमाधम सम्पर्कमा आउनुभएको छ, चैत १ गते यता विदेशबाट आउनुभएकाहरु अनिवार्य क्वारेन्टाइनमा आउनुपर्छ ।” क्वारेन्टाइनको एउटा कोठमा एक जनालाई मात्र राख्ने प्रयास गरिएकोमा त्यो सम्भव नभएपछि दुई जनालाई राखिने बताइएको छ ।
स्थानीयतहका जनप्रतिनिधिलाई क्वारेन्टाइनमा पठाउने वातावरण बनाउन अनुरोध गर्दै क्वारेन्टाइनमा निःशुल्क खानेबस्ने सहित इन्टरनेटको समेत सुविधा रहेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया