अस्पतालले झाडा पखाला लागेका बालकलाई गेटबाट फर्काइदियो

झापाको अर्जुनधारा–११ का अजित भारतीका डेढ वर्षीय छोरा आश्विनलाई लामो समयदेखि ज्वरो आएको थियो । यो त्यतिवेलाको कुरा थियो, जतिवेला निजी अस्पतालले नाफाका लागि बिरामी तानातान गर्थे । लामो समय अस्पताल बसेपछि बालकको स्वास्थ्य सुधार भयो र उनलाई घर लगियो ।

तर, पछिल्लो समय बान्ता आउने र पखाला चल्ने भएपछि परिवारले बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पुर्‍यायो । तर, डाक्टर नभएको भन्दै अस्पतालले फर्काइदियो ।

‘त्यहाँबाट फर्किएपछि हामीले बी एन्ड सी लग्यौँ । त्यहाँ त झन् गेटबाटै खेदयाे । पखाला लागेको छ र बच्चा सिकिस्त छ भनेर हारगुहार गर्दा पनि अस्पताल प्रशासनले भर्ना गर्न मानेन । बिरामीका आफन्त कोषराज कटुवालले भने, ‘अहिले क्लिनिकबाट औषधी ल्याएर घरमै उपचार गरिरहेका छौँ । तर, संकटको वेला बालबालिकापट्टि सामान्य दया पनि नराख्ने अस्पताललाई सरकारले किन कारबाही गर्दैन ? हामीले जस्तै अरु कतिले दुःख पाए होलान् । सोचेर हामी चिन्तित छौँ ।’ नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?