काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण तथा रोकथाममा नेपाल विध्यार्थी संघ (नेबिसंघ)ले स्वास्थ्य सम्बन्धि सामाग्री वितरण गरेको छ ।
नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले स्वास्थ्य सचेतना सम्बन्धी सामग्रीहरु महनगरीय प्रहरी बृत्त, मालीगाउँ (कमल पोखरी) मा कार्यरत प्रहरीहरुको उपयोगका निम्ति कार्यालय प्रमुख प्रहरी उपरिक्षक भरत बहादुर बिश्वकर्मा लाई हस्तान्तरण गरेका हुन् ।

उक्त सामाग्री हस्तान्तरणको क्रममा क्रममा नेबिसंघकी नेता एवं कांग्रेस महासमिति सदस्य निमा गिरी, युवा नेता श्याम तिम्सिना,नेबिसंघका नेताहरु दिपक ओझा, सोमराज मल्ल,रुपेश शाह लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया