लकडाउनका बेला ‘नेप-एक्सप्रेस’को घर-घरमा सुविधा

काठमाडौं । डिसेम्बर ३१ सन् २०१९ मा चीनको हुवेई प्रन्तस्थित वुहान शहरमा पहिलो पटक कोरोनाको संक्रमण देखा परेको थियो ।

कोरोनाको उद्गमस्थल वुहान शहरबाट आक्रामक रुप लिएर सारा विश्वभरि नै फैलिइसकेको कोरोना भाइरसका कारण अहिलेम्म ३१ हजार ९ सय २८ जनाको मृत्यु भईसकेको छ भने भाइरसको चपेटामा विश्वभर अहिलेसम्म ६ लाख ८० हजार ९ सय ८७ जना परेका छन् ।

यसबेला अधिकांश देशहरुले सुरक्षा र कोरोनाको महामारीलाई रोक्न बिभिन्न उपायहरु अपनाइरहेका छन् । यस विपद् घडीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरुले महामारी फैलिनबाट रोक्नको लागि सकेसम्म सहयोग गरिरहेका छन् ।

डाक्टर, वैज्ञानिक, पत्रकार, कलाकार, खेलाडी, संघ-संस्था र राजनीतिक दल सबैले विपद् व्यवस्थापनका लागि राहत कोषको स्थापना गरेर सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । नेपालमा पनि कोरोना भाइरसका ५ जना संक्रमितहरु भेटिएका छन् ।

अहिले उनीहरुको उपचार भईरहेको छ । नेपालका सामाजिक संघसंस्थाहरुले पनि कोरोना महामारीसँग लड्न सक्दो सहयोग गरिरहेका छन् ।

यसैबीच संगम सिंहद्वारा सञ्चालित ‘नेप-एक्सप्रेस’ले पनि यस महामारीसँग लड्न र सबै नेपालीहरुलाई सहयोग गर्नको लागि आफ्नो क्षेत्रबाट अहम भूमिका निभाइरहेको छ ।

‘नेप-एक्सप्रेस’ले महामारीको यस संकटमा पनि खटेर सहयोग गरिरहेको हो । ‘नेप-एक्सप्रेस’ले श्रोतसाधन, अहिलेका लागि आवश्यक सामाग्री मास्क, स्यानिटाइजर सहित बिभिन्न औषधीको अभाव र लकडाउनको प्रभाव झेलिरहेका नेपालीहरुलाई घरमै सामानहरु पुर्याएर सहयोग गर्दै आएको हो ।

लकडाउनका बेला सवारीसाधन नचल्ने पीडा त छ नै बाहिर निस्किन समेत असहज बनेको यो अवस्थामा घर-घरमै आवश्यक सामाग्रीहरु पुर्याउने कुरा सहज भने पक्कै होइन, तर असहजताका बावजुत आम नेपालीहरुको सहयोग र कोरोनाको महामारीसँग डटेर लड्न ‘नेप-एक्सप्रेस’ले सिकाउँदै आएको छ ।

आज मात्रै ‘नेप-एक्सप्रेस’ले गोंगबुबाट भैंसेपाटीमा स्यानिटाइजर, बिभिन्न औषधि तथा मास्कहरु होम सर्भिस गरेको थियो । यो त मात्र एउटा उदाहरण हो ।

‘नेप-एक्सप्रेस’ले यस्ता धेरै काम यो भन्दा अगाडि पनि गर्दै आएको थियो र अहिले पनि गरिरहेको नै छ । आपतकालीन अवस्थामा पनि ‘नेप-एक्सप्रेस’ले आवश्यक वस्तुको ड्रप गरेर घरसम्म पुर्याउन सक्ने बताएको छ ।

महामारीसँग लड्नका लागि सामाग्रीहरु भएसम्म सबैलाई साथ र सहयोग गर्ने ‘नेप-एक्सप्रेस’ ले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?