८ दिन लकडाउन थप्ने मन्त्रीपरिषदको निर्णय

काठमाडौं । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै सरकारले थप ८ दिनका लागि लकडाउन गर्ने भएको छ । आइतवार बसेको मन्त्रीपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

उच्च स्तरीय समन्वय समितिले १४ दिन लकडाउन गर्ने प्रस्ताव गरेपनि मन्त्री परिषद बैठकले मात्र ८ दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

यससँगै चैत २५ गते सम्म देशभर लकडाउन हुने भएको छ ।

सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्ने उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।

सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?