दरबारमार्ग प्रकरण : सामूहिक ‘बलात्कार’मा संलग्नमध्ये दुई ठेकेदार

काठमाडौँ,२२ माघ — दरबारमार्गमा भएको सामूहिक बलात्कारमा संलग्न भएको आरोप लागेका चारमध्ये विकास गौतम र दीपक श्रेष्ठ ठेक्कापट्टामा संलग्न व्यक्ति भएको खुलेको छ । स्रोतका अनुसार उनीहरू दुवैजना घटनाको दिन नै हेटौंडाबाट काठमाडौं आएका थिए दरबारमार्गको ल्यान्डमार्क होटलमा बसेर घटनाको भोलिपल्टै अर्थात् ८ गते दुवैजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो भएर दिल्ली हुँदै चेन्नई पुगेका थिए, कान्तिपुरमा खबर छ हेटौडा निवासी गौतम ‘क’ वर्गका ठेकेदार हुन् । उनको मोतीदान कन्स्ट्रक्सन कान्ति लोकपथ निर्माणमा संग्लन छ । जानकारहरूका अनुसार उक्त कन्स्ट्रक्सनले करिब तीन अर्ब रुपैयाँ बराबरको सरकारी ठेक्कामा काम गरिरहेको छ उच्च स्रोतका अनुसार गौतम एक सिमेन्ट उद्योगको चुनढुंगा खानीमा पनि संलग्न छन् । प्रहरीले शनिबार मात्रै हेटौंडाबाट सन्देश बीसी र आवेश लामालाई पक्राउ गरेको छ उनीहरू दुवै गौतमका नजिकका साथी हुन् । बीसीका बाबु भने हेटौंडाकै एक क्रसर उद्योगका मालिकसमेत हुन् । गौतम र श्रेष्ठको विषयमा सूचना लिन प्रहरीले बीसी र लामालाई पक्राउ गरेर काठमाडौं ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?