प्रदेश २ को मुख्यमन्त्रीमा राउत ?

जनकपुरधाम, २२ माघ – संघीय समाजवादी फोरमले प्रदेश २ को संसदीय दलको नेतामा मोहम्मद लालबाबु राउतलाई चयन गरेको छ । फोरमबाट संसदीय दलका लागि सात जनाले उम्मेदवारी दिएकोमा ६ जनाले फिर्ता लिएपछि राउत निर्विरोध निर्वाचित भएको प्रदेश २ का सांसद रामअशिष यादवले बताए संसदीय दलको नेताका लागि विजय यादव, शैलेन्द्र साह, कौशलकुमार यादव, योगेन्द्र राय यादव, प्रहृलाद गिरी र सरोजकुमार सिंहले पनि दाबी गर्दै आएका थिए स्रोतका अनुसार फोरम अध्यक्ष उपेन्द्र यादवले राउतलाई प्रदेश २ को मुख्यमन्त्री बनाउन चाहेकाले उनलाई निर्विरोध चयन गरिएको हो । संसदीय दलका नेता चयन भएपछि राउत मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?