ग्याँस र नुनमा कालोबजारी गर्ने २ जना पक्राउ

काठमाडौं । सरकारद्वारा जारी गरिएको लकडाउनको क्रममा कालोबजारी गरेको आरोपमा २ जना लाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरस्थित बजार अनुगमनको लागि खटिएको प्रहरी टोलीले नुन र ग्यास कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेका हुन् ।

जनकपुरधाम उपमहानगर वडा नम्बर ११ वस्ने वर्ष ४५ को जय प्रकाश साहलाई ग्याँस सिलिण्डर स्टोरमा राखि सेवा ग्राहीहरुलाई विक्री नगरेको आरोपमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए ।

त्यस्तै जनकपुरधाम उपमहानगर वडा नम्बर १४ वस्ने वर्ष ४७ को नरेश साहलाई नुन प्रति किलो ३५ रुपैयाँमा बेचि रहेको आरोपमा पक्राउ गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?