काठमाडौं । अमेरिकामा लाखौँ, करोडौँ कुखुराहरु गुप्त फर्म हाउसमा पालिएको छ । किनभने उक्त कुखुराको अण्डाबाट ‘फ्लू’ को औषधी बनाउन सकियोस् । तर यस्तो औषधीको प्रयोग कोरोना भाइरसविरुद्धको लडाईमा भने प्रयोग नगरिने भएको छ ।
यो गुप्त स्टोरेजको बारेमा केहि विशेष व्यक्तिहरुलाई मात्र थाहा छ
तपाईलाई यो खबर पढेपछि अचम्म लाग्न सक्छ, तर यो सत्य हो । अमेरिकामा गुप्त फर्म हाउसमा कुखुराको अण्डाबाट मानिसहरुको जिन्दगी बचाउनेवाला भ्याक्सीनको निर्माण गरिँदै छ ।
धेरै कम मानिसहरुलाई मात्र यस बारेमा थाहा भएको अन्तर्राष्ट्रिय स१चारमाध्यमहरुले बताएका छ्न् । तर राष्ट्रिय सुरक्षाको विषयलाई लिएर सरकारले फर्म लोकेशनलाई आम मानिसहरुसँग लुकाएर रादेको सञ्चारमाध्यमहरुले बताएका छन् ।
सुरक्षामा तैनाथ छन्, अर्बाैं रुपैयाँका सुरक्षा उपकरण
ति कुखुराहरुका लाखौँ र करोडौँ अण्डाहरुलाई सावधानी सहित ट्रकको माध्यमबाट स्टोरेज हाउसमा लाने गरिन्छ ।
ति अण्डाहरुलाई सरकारले अमेरिकी जनताको सुरक्षाका लागि गार्ड र अर्बाै रुपैयाँको सेक्योरेटी उपकरणसहित पठाइन्छ ।
अण्डाबाट अम्लेट होइन, फ्लूको औषधी बन्छ
हाम्रो देशमा धेरै मानिसहरु अण्डाको अमलेट बनाएर खाने गर्दछन् । तर अमेरिकामा भने ति विशेष अण्डाहरुबाट फ्लूसँग बच्ने औषधी बनाइन्छ ।
रोग नियन्त्रण एवम् रोकथाम केन्द्र (सीडीसी) का अनुसार गएको ८० वर्ष देखि इन्फ्लूएन्जा भ्याक्सीनको निर्माण गर्नको लागि कुखुराको अण्डा प्रयोग गरिँदै आइएको छ ।
अमेरिकामा नै ‘फ्लू’को रोकथामका लागि प्रयोग गरिइरहेको करीव ८२ प्रकारका भ्याक्सीन अण्डाबाट बनाइँदै आइएको छ । एक अण्डाबाट एक भ्याक्सीन बनाइने गरिन्छ ।
त्यसको अर्थ यो हो कि, अमेरिकामा यस ‘फ्लू’ सीजनमा करिव १४ करोड अण्डाको प्रयोग भ्याक्सीन बनाउनको लागि गरिएको थियो ।
अण्डाबाट किन बन्न सक्दैन कोरोना भाइरसको भ्याक्सीन ?
कोरोना भाइरस र ‘फ्लू’को लक्षणमा काफी समानता छन् । तर समानताका बाबजुत के कारणले ‘फ्लू’को जसरी नै अण्डाबाट बनेको औषधी किन कोरोनाको औषधीका रुपमा प्रयोग गर्न सकिँदैन त ? संसारभरका वैज्ञानिकहरु कोेरोना भाइरसको औषधी बनाउन लागि परेका छन् । तर अण्डाबाट बनेको भ्याक्सीनले कोरोना भाइरस नष्ट गर्न सक्दैन ।
हङकङ विश्व विद्यालयका क्लिनिकल प्रोफेसर जोन निकोत्सका अनुसार साधारण ‘फ्लू’ र कोरोना भाइरसको भाइरसमा धेरै भिन्नता छ् ।
कोरोना भाइरसले अण्डा भित्र आफ्नो प्रतिकृतिहरु बनाउँदैन, तर ‘फ्लू’को भाइरस भने उक्त काम सहजै गर्दछ । त्यसैले अण्डाबाट भ्याक्सीन बनाउने विधि कोरोना भाइरसको मामिलामा सहि साबित हुन सक्दैन ।
संसारभरका वैज्ञानिकहरु बिभिन्न तरिकाबाट कोरोना भाइरसको औषधी बनाउन दिन रात लागि परि रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया