मेक्सिको सिटी – पुरातत्वविदले मेक्सिकोको युकातान प्रायद्वीपमुनि संसारकै सबैभन्दा ठूलो गुफा भेट्टाएका छन् । १४ वर्षको कडा मेहनतपछि उक्त गुफा पत्ता लागेको बताइएको छ यो खोजले एक अविश्वसनीय पुरातात्विक स्थलको पहिचान दर्शाउँछ । जुन गुफाले लोप हुन भइसकेको माया सभ्यताको कहानी र आस्थालाई उजागर गर्छ द ग्रेट माया एक्विफर परियोजनाको टीमले उक्त रहस्यमय गुफा खोज्नका लागि कैयौं साल खर्च गरेको हो । जानकारीका अनुसार उनीहरु अब दुई गुफालाई एकसाथ जोड्न सक्ष्म भएका छन् ३ सय ४७ किलोमिटरसम्म फैलेको गुफाको बाटो भुलभुलैयाजस्तो छ । गुफामा रोमान्चक कन्दरा पनि छन् वैज्ञानिकले भनेका छन्, १० हजार देखि १२ हजार साल पहिले यी गुफाको प्रयोग माया साम्राज्य गर्दथे । यसैले पनि प्रोजेक्टलाई ग्रेट माया एक्विफर नाम दिइएको छ 
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया