पाँचथरमा ‘लकडाउन’ उल्लंघन गर्ने ८ वटा सवारी नियन्त्रणमा

पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरले ‘लकडाउन’ उल्लघंन गर्ने ८ वटा सवारी नियन्त्तणमा लिएको छ ।

प्रहरीले २ वटा जिप, ४ वटा मोटरसाईकल र २ वटा स्कुटर नियन्त्रणमा लिएको पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले जनाकारी दिए ।

प्रहरीले ‘लकडाउन’ उल्लघंन गर्दै मापसे गरेर सावरी चलाउने एक जनालाई समेत नियन्त्रणमा लिएको छ । मे १ ज ३०५८ नम्बरको जिप चालक गम्भिरबहादुर भुजेललाई नियन्त्रणमा लिएको न्यौपानेले जनाकारी दिए ।

सरकारले ‘लकडाउन’को घोषणा गरेसँगै आज दोस्रो दिन झन कडाइ गरिएको न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?