काठमाडौँ, २१ माघ- प्रदेश १ मा सभामुख एमाले र उपसभामुख माओवादीले पाएका छन् । एमालेबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका भीम आचार्य, शेरधन राई, जीवन घिमिरेमध्ये एकलाई सभामुख बनाउने एमालेको तयारी छ । संसदीय दलको नेतामा पराजित भएका एकलाई सभामुख दिएर व्यवस्थापन गर्ने एमालेको तयारी छ । महिला अघि सार्दा उषाकला राईको सम्भावना छ प्रदेश २ मा राष्ट्रिय जनता पार्टीले सभामुख पाउने सम्भावन छ । त्यसका लागि वरिष्ठ उपाध्यक्ष नवलकिशोर साह ‘रामबाबु’ र प्रभावशाली नेता मनीष सुमन प्रतिस्पर्धामा छन् नयाँ पत्रिका लेख्छ- | प्रदेश ३ मा सभामुख एमाले र उपसभामुख माओवादीको भागमा परेको छ । एमालेबाट सभामुखमा पुरुषको दाबी देखिएकाले माओवादीबाट महिला उपसभामुख हुने सम्भावना छ एमालेबाट सभामुखका लागि डोरमणि पौडेलले इच्छा देखाएका छन् प्रदेश ४ मा महिला सभामुख बन्ने सम्भावना धेरै छ । वाम गठबन्धनबीच मुख्यमन्त्री एमालेले र सभामुख माओवादी केन्द्रले राख्ने सहमति भइसकेको छ । उपसभामुख एमालेले राख्नेछ । सभामुखमा तनहुँबाट निर्वाचित आशा कोइरालालाई माओवादीले अघि सार्ने सम्भावना छ । पर्वतका नेत्रनाथ अधिकारी, स्याङ्जाका दीपक थापा र गोरखाका लेखबहादुर थापामगरलगायत दाबेदार भए पनि बाहिर इच्छा व्यक्त गरेका छैनन् । पार्टीभित्र पनि आशाकै चर्चा बढी छ मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको छ । गुल्मी १ (क) बाट निर्वाचित सुदर्शन बराल र पूर्वी रुकुमबाट निर्वाचित पूर्ण घर्ती सभामुखका मुख्य दाबेदार देखिएका छन् । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुख वा मन्त्रीका लागि दाबी गरेका छन्माओवादी केन्द्रले मुख्यमन्त्री पाउने भएपछि प्रदेश ६ मा एमालेले सभामुख पाउँदै छ । तर, एमालेको आन्तरिक विवादका कारण सभामुखको टुंगो लागेको छैन । प्रकाश ज्वाला र यामलाल कँडेलमध्ये एक सभामुखका हुने सम्भावना छ वाम गठबन्धनको भागबन्डामा सभामुख पद एमालेको भागमा परेको छ । मुख्यमन्त्रीको दाबी गरिरहेका एमाले नेताहरू पछिल्लो समय सभामुख बन्न लबिङ गरिरहेका छन् । डोटीबाट निर्वाचित पूर्णा जोशी, डडेल्धुराबाट निर्वाचित पठानसिंह बोहरा, कञ्चनपुरका तारा लामा तामाङ र बझाङबाट निर्वाचित अर्जुन थापा सभामुख बन्ने दौडमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया