प्रशोधन गरे पानीमा आत्मनिर्भर

काठमाडौँ । डल्लु आवास क्षेत्र निवासी नरेन्द्र डङ्गोलले फोहोर पानी प्रशोधन र आकाशेपानी सङ्कलन प्रविधि अपनाएर पानीका लागि आफैँ आत्मनिर्भर बन्नुभएको १० वर्ष भइसकेको छ ।

‘‘पानीको लाइन त लिएको छु तर धारामा पानी आउँदैन । यस क्षेत्रमा बस्नेहरू सबैले ट्याङ्करकै पानी किनेर चलाउने हो तर मेरो परिवार र मेरो घरमा खोलेको मन्टेस्वरी स्कुलमा समेत आकाशे पानी र घरमा प्रयोग भएको पानीलाई प्रशोधन गरेर र इनारमा जम्मा पारिएको पानीबाट आत्मनिर्भर छु,’’ उहाँले भन्नुभयो ।

सहरबासीले पानीको चरम समस्या भोगिरहँदा उहाँ भने पानीका लागि आत्मनिर्भर हुने उपाय अपनाएर ढुक्क हुुनुहुन्छ । उहाँको नेतृत्वमा साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल, धुलिखेल अस्पताल, नमो बुद्ध रिसोर्ट, विशुद्धि मथुरा पाटी फूलबारी योगालय, पोखराको पार्क भिलेज वाटर फल्स होटलमा पनि फोहोर पानी प्रशोधन गरी पानीको समस्या कम गर्न योगदान दिनुभएको छ ।
हाम्रो घरेलु क्रियाकलाप जस्तै भाँडा माझ्ने, लुगा धुने, नुहाउने आदि काम गर्न प्रयोग भएका पानीलाई फोहोर पानीका रूपमा बुझिन्छ । त्यसलाई पुनः प्रशोधन गरी प्रयोग गर्न सकिन्छ । अस्पतालको फोहोर पानीलाई प्रशोधन गरी किटाणुमुक्त पारेर सिँचाइका लागि प्रयोग गर्न सकिन्छ ।गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?