प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद बैठक: महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभन्दा एक दिन अघि फागुन १८ गते बालुवाटारमा मन्त्रिपरिषदको बैठक गरेका उनले साँझ ४ बजेका लागि बैठक बोलाएका छन् । बैठकमा कोरोना महामारीको विषयमा केहि महत्वपूर्ण निर्णय र निर्देशन दिनसक्ने बताइएको छ ।

चिकित्सकहरुले प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन धेरै मान्छेसँगको जमघट,छलफल र बैठकहरु नगर्न सुझाएका कारण मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीको कुर्सी अन्य मन्त्रीहरुको भन्दा केही टाढा राखेर व्यवस्थापन गरिएको बुझिएको छ ।

सरकारले अत्वाश्यक बाहेकका सबै कामहरु दुई साताका लागि स्थगित गरेका बेला सो निर्णय कार्यन्वयनका सन्दर्भमा उच्चस्तरीय समितिले अलग अलग कार्यदल समेत बनाइसकेको छ ।

विश्वकै निमित्त ठूलो स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म १३ हजार ६८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै, ३ लाख ८२ हजार ५७ जनालाई संक्रमण भएको छ । ९५ हजार ८२८ जना निको भएर घर फर्किएका छन् ।अहिलेसम्म १८८ देशमा संक्रमण फैलिएको छ । चीनको वुहान शहरबाट शुरु भएको भाइरसका कारण इटालीमा अहिलेसम्म४ हजार ८२५ जनाको मृत्यु भएको छ । चीनमा भने ३ हजार २६१ जनाको मृत्यु भएको छ । त्यस्तै, इरानमा १५ सय ५६ जनाको मृत्यु भएको छ । अमेरिकामा ३४८ र स्पेनमा १३ हजार ८१ जनाको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?