काठमाडौं । सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्नका लागि सरकारले केही अवधिका लागि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागले लामो दूरीका मात्र यातायात बन्द गरिने जनाएको छ ।
सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ चैत १८ सम्म स्थगित गरेको छ । प्रधानमन्त्री ओलीले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताएका छन् ।
कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।
कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो । राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया